२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरौं’

‘महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरौं’

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण २३ २०७९
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण २३ २०७९
  • काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला दिदीवहिनीहरुको सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गर्न अपिल गरेका छन् । अन्तर्राष्टिय महिला दिवसको अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन् । “महिला दिदीबहिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ । मुक्ति, समानता, स्वतन्त्रताको आकांक्षासहित शुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरी प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वेदश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ ।” जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकार दिएको चर्चा गरेका छन् । नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको बताएका छन् । “हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको छ” शुभकामना सन्देशमा उल्लेख छ । सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई संविधानले प्राथमिकता दिएको भन्दै उनले भनेका छन्, “लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।” महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी रहेको उनले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij