२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पिङ चुँडिदा महिलाको मृत्यु, दुई जना घाइते

पिङ चुँडिदा महिलाको मृत्यु, दुई जना घाइते

गण्डकी टाइम्स
बुधवार, फाल्गुण २४ २०७९
गण्डकी टाइम्स
बुधवार, फाल्गुण २४ २०७९
  • सुर्खेत, २४ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा पिङ खेल्दै गर्दा चुँडिएर एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ मा रहेको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा पिङ खेल्दै गरेको समयमा पिङ चुडिएर लड्दा महिलाको मृत्यु भएको हो। दाङको तुलसीपुर नगरपालिका–६ घर भएकी अन्दाजी ५० वर्षीया पवीसरा सुनारको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार सुनारको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै पिङ खेलिरहेका वीरेन्द्रनगर–३ कि २६ वर्षीय प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल घाइते भएका छन्। दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले पार्क सञ्चालक समितिका एकजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij