२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २६ २०७९
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २६ २०७९
  • काठमाडौँ, २६ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु नपर्ने निर्णय गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो। ‘निवेदनमा मूलतः सङ्क्रमणकालीन न्याय सम्पादनका सन्दर्भमा विचारणीय हुन आउने नेपालको संविधान र प्रचलित कानूनमा रहेका प्रावधान, यस अदालतबाट पटक(पटक सङ्क्रमणकालीन न्यायको विषय समावेश भएका विवादमा गरिएको व्याख्या र प्रतिपादित सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास समेतका सन्दर्भमा हेरिनुपर्ने तथा व्याख्या र विश्लेषण गरिनुपर्ने सम्बन्धी प्रश्नहरू उठाइएको देखियो’, आदेशमा भनिएको छ, ‘यस प्रकारका कानूनी प्रश्नहरूको निरूपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिव देखिन्छ। अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन।’ दाहाललगायतका विपक्षीहरूलाई भने रिट निवेदकको माग अनुसारको आदेश जारी गर्न किन नपर्ने हो भन्ने लिखित जवाफ मागेको छ। यो रिटमा सर्वोच्चले अग्राधिकार दिएको छ। अग्राधिकार दिएका मुद्दामा सुनुवाई गर्न पेशी तोक्दा सूचीको पहिलो नम्बरमा राख्नुपर्ने हुन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij