२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय

ब्लड प्रेसर नियन्त्रणमा राख्ने १० उपाय

गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
गण्डकी टाइम्स
बिहिवार, चैत्र २ २०७९
  • काठमाडौं। कुनै पनि रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ । त्यसलैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । अस्वस्थ खानपान, निस्कृय जीवनशैलीले ब्लड प्रेसर बढ्न विशेष भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् । य सको नियन्त्रण गर्न सकिएन भने हृदयघातका कारण मृत्यु हुने खतरा हुन्छ त्यसले गर्दा यसलाई नियन्त्रणका लागि औषधिको प्रयोग गर्नु पर्छ । तर ब्लड प्रेसर भएको छ भने औषधिको प्रयोग नगरि पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । यस्ता केही विधी यहाँ उल्लेख गरिएको छ । नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ । जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ । खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ । हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र यसमा रहेको भिटामिन सी रहन्छ । नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन । अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ । धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो । पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ । हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ । संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ । यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ । -एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij