२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल टेलिकमको नेटवर्कमा पटक-पटक समस्या, सेवाग्राही हैरान

नेपाल टेलिकमको नेटवर्कमा पटक-पटक समस्या, सेवाग्राही हैरान

गण्डकी टाइम्स
मंगलवार, चैत्र ७ २०७९
गण्डकी टाइम्स
मंगलवार, चैत्र ७ २०७९
  • काठमाडौँ, ८ चैत । नेपाल टेलिकमको नेटवर्कमा फोन सम्पर्कमा समस्या देखिएको छ । जसका कारण लाखौँ सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएकोले केही समय डिस्टर्व भएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको छ, हामीले समाधान गरिसकेका छौँ,’ अधिकारीले भने । मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । पौने १० बजेदेखि ४० मिनेट जति समस्या देखिएको प्रवक्ता अधिकारीले बताए पनि सेवाग्राहीहरूले भने बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो गरेका छन् । विश्व दूरसञ्चार दिवसको अवसर पारेर २०७८ जेठदेखि नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर(भीओ) एलटिई सेवाको परीक्षण सुरु गर्दै मोबाइलमा हाई डेफिनेसन(एचडी) भ्वाइससहित ग्राहकहरूले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । उपकरणदेखि जनशक्ति व्यवस्थापनसम्ममा देखिएको चरम लापरबाहीकै कारण संस्थाले यस्तो समस्या व्यहोरिईरहेको र नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिँदा फेरी कुन बेला के हुने हो भन्न नसकिने टेलिकमका अधिकारीहरूको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij