प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा
प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ।
पक्राउ परेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा माथी अनुसन्धान हुने भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले भने ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने।
मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले नाराबाजी गरेका थिए।
प्रतिक्रिया