२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

बल्खु-कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

गण्डकी टाइम्स
शुक्रवार, चैत्र १० २०७९
गण्डकी टाइम्स
शुक्रवार, चैत्र १० २०७९
  • काठमाडौं, १० चैत । पछिल्लो समय बल्खु-कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् । तर, डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । कलंकी बल्खु सडक खण्डको सर्भिस लेनको १ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ । डिभिजनका अनुसार त्यसमा एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएको हो । सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त १ किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ । सोहीअनुसार परामर्शदाताले पेश गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कंक्रिट गर्ने गरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij