२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अब इम्बोस्ड प्लेट नेपालीमै लेख्छौं, शुल्क पनि घटाउँछौं : यातायातमन्त्री

अब इम्बोस्ड प्लेट नेपालीमै लेख्छौं, शुल्क पनि घटाउँछौं : यातायातमन्त्री

गण्डकी टाइम्स
सोमवार, चैत्र १३ २०७९
गण्डकी टाइम्स
सोमवार, चैत्र १३ २०७९
  • काठमाडौं, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए । प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए । ‘यहाँ विचित्र रहेछ, इम्बोस्ड नम्बर प्लेट ‘रिड’ गर्ने प्रविधियुक्त गेट नै छैन,’ उनले भने, ‘गेट राख्न पहल लिएका छौं, २ ठाउँमा राख्ने निर्णय भइसकेको छ ।’ मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको बताए । ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij