आज ४ बजे रास्वपाका ‘तीन भाइ’ को संयुक्त पत्रकार सम्मेलन
आज ४ बजे रास्वपाका ‘तीन भाइ’ को संयुक्त पत्रकार सम्मेलन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १८ चैत। पार्टी सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘तीन भाइ’ले आज पत्रकार सम्मेलन गर्दै छन्।
चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, रास्वपाबाटै बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा. स्वर्णिम वाग्लेले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ।
रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी ३ भाइको पत्रकार सम्मेलन, भोलि (शनिबार) ४ बजे (अपराह्न)।’ पूर्वडीआईजीसमेत रहेका खरेल राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष हुन् भने अर्थविद्समेत रहेका डा. वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन्।
प्रतिक्रिया