२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा-१८ मा पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा-१८ मा पुनः मतगणना गर्न अदालतको आदेश

गण्डकी टाइम्स
मंगलवार, चैत्र २१ २०७९
गण्डकी टाइम्स
मंगलवार, चैत्र २१ २०७९
  • काठमाडौं, २१ चैत । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर, थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा रिट दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुनः गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij