२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ

गण्डकी टाइम्स
आइतवार, बैशाख ३ २०८०
गण्डकी टाइम्स
आइतवार, बैशाख ३ २०८०
  • काठमाडौं, ३ बैसाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरो आएको जानकारी दिएका हुन् । उनले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको स्टाटसमा उल्लेख गरेका छन्। उनले स्टाटसमार्फत तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा एमाले उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने इच्छा भए पनि अस्वस्थताका कारण कार्यक्रममा सहभागि हुन नसकेको बताएका छन्। ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन।’ उनले भने । उनले एमाले उम्मेदवारलाई विजयी गराउन आम मतदाताहरुमा आग्रह गर्दै स्वास्थ्य अवस्था ठीक भएपछि समय मिलाएर भेट्न जाने प्रतिबद्धतासमेत जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij