२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुकुमवासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सुकुमवासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

गण्डकी टाइम्स
सोमवार, बैशाख ४ २०८०
गण्डकी टाइम्स
सोमवार, बैशाख ४ २०८०
  • काठमाडौँ, ५ बैशाख । उच्च अदालत पाटनले सुकुमवासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो। गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ। इजलासले ‘बस्ती खाली गर्नू’ भनी गत चैत ११ गते काठमाडौँ महानगरले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। महानगरले खोला किनारमा रहेका सुकुमवासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनू’ भनी सूचना जारी गरेको थियो। अदालतले दिएको अन्तरिम आदेश निरन्तरता दिएसँगै बस्ती हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij