२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

समर्थन फिर्ता नलिन रास्वपालाई प्रधानमन्त्रीको आग्रह

समर्थन फिर्ता नलिन रास्वपालाई प्रधानमन्त्रीको आग्रह

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २२ २०८०
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २२ २०८०
  • काठमाडौँ, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्। सरकारमा सहभागी हुन गरेको आग्रहलाई रास्वपाले औपचारिक रूपमा अस्वीकार गरेपछि प्रधानमन्त्रीले समर्थन कायम राखिदिन आग्रह गरेका हुन्। शुक्रबार दिउँसो समर्थनसमेत फिर्ता लिने तयारीमा रास्वपा छ । रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने वा नहुने र समर्थनबारे निर्णय लिन रास्वपाले शुक्रबार ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ। रास्वपामा प्रधानमन्त्री रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरेपनि पार्टीभित्र जान नहुने मत बलियो भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij