२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रविविरुद्धको निवेदन बोकेर सर्वोच्च पुगे युवराज सफल

रविविरुद्धको निवेदन बोकेर सर्वोच्च पुगे युवराज सफल

गण्डकी टाइम्स
सोमवार, बैशाख २५ २०८०
गण्डकी टाइम्स
सोमवार, बैशाख २५ २०८०
  • काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । सिन्धुलीका युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्चमा पुगेका छन । रवि सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने बताउँदै उनले रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन उनले माग गरेका छन । लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत १५ माघमा नागरिकताको प्रतिलिपी लिएको रिट निवेदनमा उल्लेख गरीएको छ । सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन–२ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको जिकिर गरिएको छ । सो रिट सर्वोच्च प्रशासनले दर्ता भने गरिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij