२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आरजु राणाले दिइन् ब्यूरोमा उजुरी

आरजु राणाले दिइन् ब्यूरोमा उजुरी

गण्डकी टाइम्स
बुधवार, बैशाख २७ २०८०
गण्डकी टाइम्स
बुधवार, बैशाख २७ २०८०
  • काठमाडौँ, २७ बैसाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्। केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ। ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उनले दिएको उजुरीमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij