२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गल्छी घटना : हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

गल्छी घटना : हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २९ २०८०
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २९ २०८०
  • धादिङ, २९ बैसाख । जिल्ला प्रहरी कार्यालय धादिङले छुरा हानेर हत्या गरेको आरोपमा पक्राउ परेका आमा छोरासहित तीन जनालाई सार्वजनिक गरेको छ । होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । उनका अनुसार पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएको थियो । त्यसैक्रममा सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए । प्रमुख प्रहरी उपरीक्षक मिश्रले भने, ‘विनोदलाई ५/७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ ।’ विनोदको काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो । घट्नामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर तल त्रिशुली नदीतर्फ प्रहरीले फेला पारेको छ । ४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको प्रमुख प्रहरी उपरीक्षक मिश्रले बताएका छन् । पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको एसपी मिश्रले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij