२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यटनमन्त्रीको आक्रोश : `मैले घुस नखाँदा पापीहरु बौलाउन थाले´

पर्यटनमन्त्रीको आक्रोश : `मैले घुस नखाँदा पापीहरु बौलाउन थाले´

गण्डकी टाइम्स
आइतवार, जेठ १४ २०८०
गण्डकी टाइम्स
आइतवार, जेठ १४ २०८०
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन् । पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् । उनले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आफूले भ्रष्टाचार गरेको प्रमाणित भए एक मिनेटपनि मन्त्री पदमा नबस्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij