२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल बारले भन्यो : रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत

नेपाल बारले भन्यो : रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत

गण्डकी टाइम्स
सोमवार, जेठ १५ २०८०
गण्डकी टाइम्स
सोमवार, जेठ १५ २०८०
  • काठमाडौँ, १५ जेठ । नेपाल बार एसोसिएसनले रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै बारले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीलाई सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिले आममाफी दिएपछि यस्तो प्रतिक्रिया दिएको हो । चौधरी सोमबार कारागारमुक्तसमेत भएका छन् । टीकापुर घटनासँग सम्बन्धित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणा विपरीत भएको र यसले दण्डहीनतालाई प्रशय दिने नेपाल बारको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij