२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

गण्डकी टाइम्स
शनिवार, जेठ २७ २०८०
गण्डकी टाइम्स
शनिवार, जेठ २७ २०८०
  • काठमाडौँ, २८ जेठ । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij