सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ४ साउन । आज बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लुतनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँले बढेको जनाएको छ ।
योसँगै बिहीबार सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । यसअघि गत जेठ १८ गते प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँको उच्च मूल्य रेकर्ड रहेको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको जनाएको छ ।
प्रतिक्रिया