२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

समातेको अवैध सुनलाई सरकारले के गर्छ ?

समातेको अवैध सुनलाई सरकारले के गर्छ ?

गण्डकी टाइम्स
बिहिवार, श्रावण ४ २०८०
गण्डकी टाइम्स
बिहिवार, श्रावण ४ २०८०
  • काठमाडौं, ४ साउन । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार राति ‘एक क्वीन्टल’ तस्करीको सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले बरामद गरेको हो । अब प्रश्न उठ्छ यत्रो परिणाममा समातिएको सुन राज्यले के गर्छ ? अवैध तरिकाले भित्रिएको सुन राज्यले नेपाल राष्ट्र बैंकलाई बिक्री गर्छ। प्रहरीले सुन समातिसकेपछि पक्राउ परेका अभियुक्त समेतलाई राजश्व अनुसन्धान विभागमा बुझाउछ। तर यो प्रकरणमा भने राजस्व अनुसन्धान विभागले अबैध सुन बरामद गरेको हुनाले विभागले उक्त सुन राष्ट्र बैंकलाई जिम्मा लगाएको छ। राजश्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाएसंगै अब अभियुक्तहरुलाई मुद्दा चलाउँछ। विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यो दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्यांकन हुन्छ। मूल्यांकन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा पैसा हालिदिएर भुक्तानी गर्छ। र सुन आफ्नो गोदाममा थन्क्याउँछ। यदि राज्यले अवैध रुपमा भित्रिएको सुनचाँदीको गहना समातेमा भने राष्ट्र बैंकले त्यसलाई सोझै मूल्य तिर्दैन। गहनलाई सुद्धीकरण गरिन्छ। रसायन हटाइन्छ। सुन सुद्ध भएपछि त्यसको मूल्यांकन गरेर राजश्व खातामा पैसा जम्मा गरिदिन्छ। सुनको सुद्धता राष्ट्र बैंकको टक्सार विभागमा गरिन्छ। राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउँछ। जस्तो सरकारले पदक तथा पुरस्कार बनाउँदा, विशेष उपलक्ष्यहरुमा सुनको सिक्का निर्माण गर्दा वा अन्य प्रयोजनका लागि सुन प्रयोग गरिन्छ। कहिलेकाँही आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij