२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

इथियोपियामा झडप हुँदा कम्तीमा १८३ जनाको मृत्यु

इथियोपियामा झडप हुँदा कम्तीमा १८३ जनाको मृत्यु

गण्डकी टाइम्स
मंगलवार, भाद्र १२ २०८०
गण्डकी टाइम्स
मंगलवार, भाद्र १२ २०८०
  • एजेन्सी। इथियोपियाको अम्हारामा भएको झडपमा जुलाइ महिनायता कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ। छिमेकी क्षेत्र टिग्रेमा भएको विनाशकारी युद्धको अन्त्यपछि यस वर्ष उत्तरी क्षेत्रमा तनाव बढेको थियो जसमा अम्हाराका लडाकुहरू पनि सामेल भएका थिए। ‘इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोमा हामी निकै चिन्तित छौं,’ संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा मंगलबार पत्रकारहरूको कुराकानीमा भनिन्, ‘अम्हारा क्षेत्रमा इथियोपियाली सेना र क्षेत्रीय फानो मिलिसियाबीच झडप भड्किएपछि र अगस्ट ४ मा आपतकालीन अवस्थाको घोषणापछि स्थिति निकै खराब भएको थियो।’ संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले संकलन गरेको जानकारी अनुसार जुलाइयता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको हो। गत अप्रिलमा संघीय सरकारले देशभरका क्षेत्रीय शक्तिलाई ध्वस्त पार्ने घोषणा गरेको थियो। यस घोषणाले उनीहरूको क्षेत्रलाई कमजोर पार्ने बताउँदै अम्हारा राष्ट्रवादीहरूले विरोध प्रदर्शन सुरू गरेका थिए। जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो भनिने स्थानीय लडाकुहरूबीच झडप भएको थियो। जसका कारण अगस्ट ४ मा अदिस अबाबाका अधिकारीहरूले छ महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए। हर्टाडोले भनिन्, ‘यो स्थितिले अधिकारीहरूलाई अदालतको आदेशबिनै संदिग्धहरूलाई पक्राउ गर्न, कर्फ्यु लागू गर्न र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउन अधिकार दिएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij