२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’

अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’

गण्डकी टाइम्स
बिहिवार, भाद्र १४ २०८०
गण्डकी टाइम्स
बिहिवार, भाद्र १४ २०८०
  • अफ्रिका, १४ भदौ। अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कू’ भएको छ । सेनाले शक्ति हातमा लिँदै ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई घरमै नजरबन्द गरिएको छ। उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् । बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि गाबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइएको छ । गाबोनमा चार दिनअघि भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij