२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उडिरहेको जेट विमानमा आकाशमै हालियो इन्धन

उडिरहेको जेट विमानमा आकाशमै हालियो इन्धन

गण्डकी टाइम्स
आइतवार, भाद्र १७ २०८०
गण्डकी टाइम्स
आइतवार, भाद्र १७ २०८०
  • इजिप्ट, १७ भदौ । भारतीय वायुसेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइट स्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । “इजिप्टको आकाशमा भारत–इजिप्टमैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,” भारतीय वायुसेनाले आफ्ना केही सैन्य अधिकारी अबका तीन साता इजिप्टमा रहने सामाजिक सञ्जालमा उल्लेख गरेको छ । भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले वासुसेनाका १५० कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ । ब्राइट स्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब, ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएका रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij