२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ब्राजिलमा सामुद्रिक आँधीका कारण २७ जनाको मृत्यु

ब्राजिलमा सामुद्रिक आँधीका कारण २७ जनाको मृत्यु

गण्डकी टाइम्स
बुधवार, भाद्र २० २०८०
गण्डकी टाइम्स
बुधवार, भाद्र २० २०८०
  • एजेन्सी। ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् । हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गरेका छन् । उनले उद्धार र राहतका लागि तयारी अवस्थमा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएका पनि अल जजिराले जनाएको छ । रियो ग्रान्डे डो सूलका गभर्नरले राज्यले भोगेको यो अहिलेसम्मकै मौसमसम्बन्धी ठूलो प्रकोप भएको बताएका छन् । राज्यमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij