काठमाडौँ । उदयमान गायिका तथा मोडल सुमित्रा तमाङ्गको नयाँ जीत गीत ‘दौतरी’ बजारमा आएको छ। पछिल्लो समय बजारमा नयाँ-नयाँ खालका तीजका गितहरु सार्वजनिक गर्ने लहर चलिरहेको बेला चर्चित गायिका तथा मोडल तमाङ्गले मौलिक नयाँ तिज कोसेली ‘दौतरी’ सार्वजनिक भएको हो ।
सुमित्राले यसअघि चैतारीको वर, खिस्स मुस्कान, मलेखु माछा गीतमा स्वर दिएकी छिन् भने सम्झना विर्सना, बेसीमा गौउ, यो जिनेली रातलगायत दर्जनौ गीतमा मोडलिङ समेत गरिसकेकी छिन्।
उनको पछिल्लो तिज गीत ‘दौतरी’ सामाजिक बिषयमा गाइएको मौलिक गीत हो। ‘दौतरी’ गीत उनको आफ्नै युटुव च्यानल
सुमित्रा तमाङ्ग मार्फत सार्वजनिक गरिएको छ। यस गीतको गायिका सुनिता बुढा क्षेत्री हुन् भने शब्द सुरज लामिछानेको रहेको छ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=xAPIApfXAlE&ab_channel=SumitraTamang