२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या एक हजार जना नाघ्यो

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या एक हजार जना नाघ्यो

गण्डकी टाइम्स
शनिवार, भाद्र २३ २०८०
गण्डकी टाइम्स
शनिवार, भाद्र २३ २०८०
  • काठमाडौं, २३ भदौ। मोरक्कोमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सयौँ घाइतेहरुको अस्पतालमा उपचार भइरहेको तर एकिन विवरण प्राप्त नभएको पनि बीबीसीको खबरमा उल्लेख छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको आशंकामा खोजी भइरहेको छ । मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij