२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यो कस्तो माया हो, यो कस्तो छाँया हो

यो कस्तो माया हो, यो कस्तो छाँया हो

गण्डकी टाइम्स
मंगलवार, भाद्र २६ २०८०
गण्डकी टाइम्स
मंगलवार, भाद्र २६ २०८०
  • गीत मन खोलेर हाँस्न पनि सक्दिन हाँसोले नै पिरोल्लाकी भन्ने डर लाग्छ मन खोलेर माया गर्न पनि सक्दिन आफ्नै मायाले पिरोल्लाकी भन्ने डर लाग्छ यो कस्तो माया हो, यो कस्तो छाँया हो यो कस्तो चाहाना हो, यो कस्तो बासना हो जता जान्छु वस तिमिलाई नै हेरिरहुँ लाग्छ मन खोलेर हेरि रहन पनि सक्दिन आफ्नै हेराइले पिरोल्लाकी भन्ने डर लाग्छ जता जाउ उनी नै उनी रातमा पनि दिनमा पनि यो कस्तो समर्पण हो, यो कस्तो पागलपन हो मुटु खोलेर देखाउन पनि सक्दिन आफ्नै मुटुले पिरोल्लाकी भन्ने डर लाग्छ एक्छिन पनि टाढा हुँदा, नत भोक न त तिर्खा यो कस्तो निष्ठा हो, यो कस्तो चिन्ता हो मन खोलेर रून पनि सक्दिन आफ्नै रूवाइले पिरोल्लाकी भन्ने डर लाग्छ मन खोलेर हाँस्न पनि सक्दिन आफ्नै हाँसोले नै पिरोल्लाकी भन्ने डर लाग्छ मन खोलेर माया गर्न पनि सक्दिन आफ्नै मायाले पिरोल्लाकी भन्ने डर लाग्छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij