२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शेयर बजार उच्च अंकले बढेर हरियाली

शेयर बजार उच्च अंकले बढेर हरियाली

गण्डकी टाइम्स
बुधवार, भाद्र २७ २०८०
गण्डकी टाइम्स
बुधवार, भाद्र २७ २०८०
  • काठमाडौं, २७ भदौ । शेयर बजार आज बुधवार उच्च अङ्कले बढेर हरियाली भएको छ । हिजो मङ्गलवार साढे १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ । आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij