२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प

गण्डकी टाइम्स
मंगलवार, आश्विन २३ २०८०
गण्डकी टाइम्स
मंगलवार, आश्विन २३ २०८०
  • काबुल, २४ असोज । अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महशुश गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत बिवरण भने अझै आईसकेको छैन् । अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij