अमेरिकी राष्ट्रपति बाइडेनले भने : इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ
अमेरिकी राष्ट्रपति बाइडेनले भने : इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २९ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् । एक अन्तर्वार्तामा इजरायलको गाजा कब्जा नीतिलाई अमेरिकाले समर्थन गर्छ भनेर साेधिएकाे प्रश्नकाे जवाफमा अमेरिकी राष्ट्रपतिले भने, 'ठूलो गल्ती हुनेछ ।'
बाइडेनले भने, 'हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दैनन्, र मलाई लाग्छ कि इजरायलले गाजालाई पुन: कब्जा गर्नु गल्ती हुनेछ ।' आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले भने, 'यद्यपि, गाजाभित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो ।' उनले इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेकाे पनि बताए ।
बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य रहेकाे कुरा बारम्बार दाेहाेर्याए । एक साताअघि उनले हमासको आक्रमणलाई 'दुष्ट कार्य' भनेका थिए । गत साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायललाई आफ्नो समर्थन व्यक्त गर्न तेलअभिभ पुगेका थिए।
प्रतिक्रिया