२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गाजाको इजरायलको अत्याचार, अस्पतालमा आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु

गाजाको इजरायलको अत्याचार, अस्पतालमा आक्रमण हुँदा ५०० भन्दा बढीको मृत्यु

गण्डकी टाइम्स
मंगलवार, आश्विन ३० २०८०
गण्डकी टाइम्स
मंगलवार, आश्विन ३० २०८०
  • काठमाडौँ, १ कात्तिक । इजरायलले गाजाको एक अस्पतालमा गरेको हवाई आक्रमणमा ५ सय भन्दा धेरैको मृत्यु भएको बताइएको छ । मंगलबार राति इजरायलले अल अहली अरब अस्पतालमा हवाई आक्रमण गर्दा ठूलो मानविय क्षति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अस्पतालबाट आएका तस्वीरले अराजकताका दृश्य देखाएको बीबीसीले जनाएको छ । रगतले लतपतिएका र अशक्त घाइतेलाई अन्धकारमा स्ट्रेचरहरूमा बाहिर निकालिएको छ। अप्रमाणित भिडियोहरूले ठूलो विस्फोट भएको देखिन्छ। अस्पताल परिसरमा रहेको हलमा सयौं विस्थापित व्यक्तिले आश्रय लिएको स्थानीयले बताएका छन् । प्यालेस्टिनी अधिकारीहरुले इजरायली हमलामा ५०० भन्दा बढिको मृत्यु भएको बताएका छन् । सयौं मानिस भग्नावशेषमा फसेको बताइएको छ अस्पतालको धेरै भाग आगोले जलेर नष्ट भएको छ । इजरायली सेनाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सेनाका प्रवक्ताले घटनाको कारण थाहा नभएको र विस्तृत विवरण खोजिरहेको बताएका छन्। हमासले यसलाई युद्ध अपराध भनेको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आज इजरायलको भ्रमण गर्ने भएका छन् । भ्रमणमा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे बुझ्ने बताइएको छ । यस्तै, इजरायलले सर्वसाधरणको हताहत कम गर्ने तरिकाले कसरी आफ्नो आक्रमण गर्नसक्छ भनेर पनि उनले छलफल गर्ने बताइएको छ ।गाजामा हमासविरुद्ध इजरायलले व्यापक आक्रमण गरिरहेको छ तर, यसमा प्यालेस्टाइनीहरूले ठूलो संकटको सामना गरिरहेका छन् । यसबीच इरानले इजरायलविरुद्ध पूर्व–प्रभावकारी एक्सन चाल्ने चेतावनी दिएको छ । यसले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह मिलिसियाको संलग्नताको संकेत गरेको छ । इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा दुई हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij