२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकामा १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला

अमेरिकामा १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला

गण्डकी टाइम्स
शनिवार, कार्तिक ११ २०८०
गण्डकी टाइम्स
शनिवार, कार्तिक ११ २०८०
  • लेविस्टन । अमेरिकाको मेइन सहरमा अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला परेका छन् । तीन दिनको खोजीपछि ४० वर्षीय रोबर्ट कार्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको हो । मेइन कमिस्नर अफ पब्लिक सेफ्टी माइकल साउसचकका अनुसार उनले आफूले आफैलाई गोली प्रहार गरेको जानकारी दिए । प्रहरीले स्थानीयलाई घरमा नै बस्ने निर्देशन हटाएको केही समयपछि प्रहरीले यसबारे जानकारी दिएको थियो । सो घटनामा मारिनेमा १४ देखि ७६ वर्षका सर्वसाधारण रहेका छन् । ‘बुधबार रातिको गोलिकाण्डका सन्दिग्ध मृत अवस्था फेला परेका छन्,’ प्रहरीले आफ्नो फेसबुक पेजमा लेखेको छ । घटनामा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेइनका गभर्नर जानेट मिल्सले घटनास्थलभन्दा नजिक रहेको लिसबनमा कार्डको शव फेला परेको जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij