२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

मौद्रिक नीतिको समीक्षाः सेयर धितो कर्जाको जोखिम भार घट्यो

मौद्रिक नीतिको समीक्षाः सेयर धितो कर्जाको जोखिम भार घट्यो

गण्डकी टाइम्स
शुक्रवार, मंसिर २२ २०८०
गण्डकी टाइम्स
शुक्रवार, मंसिर २२ २०८०
  • काठमाडौँ, २२ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो । ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ । त्यस्तै ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । यसका साथै ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij