बिजुलीको ८ अर्ब तिर भन्दा सरकारको प्रतिरोध गर्ने उद्योग वाणिज्य महासङ्घको तयारी
बिजुलीको ८ अर्ब तिर भन्दा सरकारको प्रतिरोध गर्ने उद्योग वाणिज्य महासङ्घको तयारी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो ।
प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ।
पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन कोटेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीकै इच्छाअनुसार ठुला उद्योगहरूको लाइन काटेपछि प्रतिरोध गर्ने लक्ष्यसहित महासङ्घले बैठक आकस्मिक बोलाएको बताइएको छ ।
प्रतिक्रिया