नबिल बैंकले गर्यो ३२० करोड नाफा, वितरणयोग्य मुनाफा कति ?
नबिल बैंकले गर्यो ३२० करोड नाफा, वितरणयोग्य मुनाफा कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ माघ । नबिल बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ६।३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको छ।
गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ छ। ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा छ। बैंकको निष्क्रिय कर्जा भने घटेको छ। पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत झरेको छ। गत आवको दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशत थियो।
प्रतिक्रिया