२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

गण्डकी टाइम्स
सोमवार, फाल्गुण ७ २०८०
गण्डकी टाइम्स
सोमवार, फाल्गुण ७ २०८०
  • काठमाडौं, ७ फागुन । सुनको भाउ आज पनि बढेको छ। हिजो (आइतबार) तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो। आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij