सलमान खानको निवासबाहिर हवाई फायरिङ
सलमान खानको निवासबाहिर हवाई फायरिङ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ । अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौँ पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।
प्रतिक्रिया