२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बान्गुईमा डुंगा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु

बान्गुईमा डुंगा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु

गण्डकी टाइम्स
शनिवार, बैशाख ८ २०८१
गण्डकी टाइम्स
शनिवार, बैशाख ८ २०८१
  • बान्गुई, ९ बैशाख । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुंगा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार डुंगा शुक्रबार मपोको नदीमा पल्टिएको थियो । “हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ”, थोमस जिमासेले रेडियो गुइरासँग भने, “कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।” रासस/एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij