२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

गण्डकी टाइम्स
आइतवार, बैशाख २३ २०८१
गण्डकी टाइम्स
आइतवार, बैशाख २३ २०८१
  • काठमाडौं, २४ वैशाख। शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् । बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij