२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त

इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त

गण्डकी टाइम्स
सोमवार, जेठ ७ २०८१
गण्डकी टाइम्स
सोमवार, जेठ ७ २०८१
  • काठमाडौँ, ७ जेठ । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि भएको छ। इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमवार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो । यसैबीच इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताहरुले शोक व्यक्त गरेका छन्। युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र सङ्गठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका हुन् । चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति राईसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एक जना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताउनुभएको छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तभ्ध भएको बताउनुभएको छ । पाकिस्तानले राष्ट्रिय शोकको घोषणा समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij