२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

३५० बढी सिट जित्दै मोदी पुनः सत्तामा : एक्जिट पोल

३५० बढी सिट जित्दै मोदी पुनः सत्तामा : एक्जिट पोल

गण्डकी टाइम्स
शनिवार, जेठ १९ २०८१
गण्डकी टाइम्स
शनिवार, जेठ १९ २०८१
  • काठमाडौँ, १९ जेठ। विश्वकै सबैभन्दा ठूलो र लामो आम चुनाव भारतमा सम्पन्न भएको छ। शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आकलन सुरु गरेका छन्। अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन्। इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ। सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ। रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ। जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ। पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ। ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ। एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन्। स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन।              

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij