२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे राजीनामा स्वीकृत

गण्डकी टाइम्स
बुधवार, जेठ २३ २०८१
गण्डकी टाइम्स
बुधवार, जेठ २३ २०८१
  • काठमाडौँ, २३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो । राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार पर्सि जुन ७ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनको संसदीय दलको बैठक बसेर भाेलिपल्ट अर्थात् जुन ८ नयाँ सरकारको शपथ ग्रहण समारोह गर्ने तयारी छ । हिजो भएको लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ । सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij