२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नरेन्द्र मोदीद्वारा तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

नरेन्द्र मोदीद्वारा तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

गण्डकी टाइम्स
आइतवार, जेठ २७ २०८१
गण्डकी टाइम्स
आइतवार, जेठ २७ २०८१
  • नयाँ दिल्ली, २७ जेठ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अहिले २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए । नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेन । मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन् । अमित अनिलचन्द्र शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् । नितिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । उनले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । नितिन गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् ।          

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij