२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन
२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै पुटिन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने छन्।
दुई नेताबीच गत वर्ष पनि सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण पहिलोपटक गर्न लागेका हुन्।
अमेरिकाले आफू ‘दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउन’ चिन्तित रहेको बताएको छ।
प्रतिक्रिया