२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गायिका मधुले अस्ट्रेलियाबाटै भनिन् : श्रीमान्‌ले कुटे, सरकारको शरणमा छु

गायिका मधुले अस्ट्रेलियाबाटै भनिन् : श्रीमान्‌ले कुटे, सरकारको शरणमा छु

गण्डकी टाइम्स
मंगलवार, आषाढ ५ २०८१
गण्डकी टाइम्स
मंगलवार, आषाढ ५ २०८१
  • काठमाडौँ । ‘सोचेझैँ जिन्दगी रैनछ’ गीतबाट चर्चामा आएकी गायिका मधु क्षत्रीको वैवाहिक जीवन समस्यामा परेको छ। गायिका मधुले सामाजिक सञ्जाल टिकटक र फेसबुक लाइभमा बोल्दै आफूमाथि श्रीमान्‌सहित परिवारले घरेलु हिंसा गरेको बताएकी छन्। पहिलो श्रीमान्‌सँग सम्बन्ध विच्छेद भएपछि मधुले दुई वर्षअघि अस्ट्रेलिया बस्दै आएका सुरेश खड्कासँग दोस्रो बिहे गरेकी थिइन्। तर, आफ्नै गीतझैँ मधुको जीवन सोचेजस्तो हुन सकेन। बिहेपछि सांगीतिक करिअर छाडेर आफ्नी १७ वर्षिया छोरीसहित अस्ट्रेलिया पुगेकी मधु अहिले सामाजिक सञ्जालमा पीडा पोख्न थालेकी छन्। अस्ट्रेलियमा बुवाआमासँग बस्दै आएका सुरेशले पनि मधुसँग दोस्रो बिहे गरेका थिए। सुरेशका पहिलो श्रीमतीबाट पनि बच्चाहरू छन्। तर, उनीहरू सुरेशसँग भने बस्दैनन्। मधुको पहिलो श्रीमान्‌तर्फकी छोरीलाई स्वीकारेर सुरेशले बिहे गरेका थिए। तर, अस्ट्रेलिया पुगेपछि मधु र सुरेशको सम्बन्ध सुमधुर रहेन। आफूसँग बिहेपछि पनि श्रीमान् अरूसँग सम्बन्धमा रहेको मधुको शंका थियो। सुरेश पनि श्रीमतीप्रति यस्तै शंका गर्न थाले। जसले दुवैको सम्बन्धमा समस्या उत्पन्न हुन थालेको हो। मधुले ससुराले पनि पटक-पटक दुर्व्यवहार गर्न खोजेको आरोप लगाएकी छिन्। ससुराले ‘ब्याड टच’ गरेको सुनाउँदा श्रीमान्‌ले आफूलाई गाली गरेको उनको भनाइ छ। परिवारमा समस्या भएपछि तीन महिनाअघि नै छोरीसहित घर छाडेर हिँडेको मधुले बताएकी छन्। तर, पछि सुरेश रेस्क्यू सेन्टर पुगेर मधुलाई फकाएर घर लगे। त्यसपछि उनी गर्भवती भइन्। तर, पनि उनीहरूको सम्बन्ध राम्रो चल्न सकेन। मधुले गर्भवती अवस्थामा पनि श्रीमान्‌ले कुटपिट गरेको आरोप लगाएकी छन्। ‘गर्भवती श्रीमतीलाई छोडेर बाउआमासँग बसेर ऊ शिर ठाडो बनाएर मेरो चरित्रमा औँला उठाइरहेको छ। म किन शिर झुकाएर हिँड्नु? मैले त नराम्रो काम गरेको छैन,’ उनले भनिन्, ‘मैले उसलाई बारम्बार म मायाको भोकी छु, पैसा नभए पनि माया र इज्जत देऊ भनेकी थिएँ। तर, उसले अस्ट्रेलिया आएको केही समयपछि परिवारको कुरा सुनेर मलाई कुटपिट गर्थ थाल्यो। सहन नसकिने भएपछि अलग बसिरहेकी छु।’ उनले आफ्नो दोस्रो बिहे पनि धरापमा परेको खुलाएकी छन्। छोरीको जागिर भए पनि आफू सरकारको शरणमा बसिरहेको उनको भनाइ छ।          

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij