२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चिनियाँ कम्युनिस्ट पार्टीको थर्ड प्लेनम सुरु

चिनियाँ कम्युनिस्ट पार्टीको थर्ड प्लेनम सुरु

गण्डकी टाइम्स
सोमवार, आषाढ ३२ २०८१
गण्डकी टाइम्स
सोमवार, आषाढ ३२ २०८१
  • बेइजिङ, १ साउन । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको थर्ड प्लेनरी सेसन सोमबारबाट बेइजिङमा सुरु भएको छ । थर्ड प्ल्ोनम समेत भनिने यसखालको बैठक हरेक पाँच वर्षमा हुने गरेको छ । यो बैठकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा निर्णय लिनेछ । जसमा चीनको समग्र आर्थिक र सामाजिक विकासका विषयहरु पर्ने जनाइएको छ । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले बैठकमा पोलिटब्युरोका तर्फबाट वर्क रिपोर्ट प्रस्तुत गरेका छन् । जसमा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले व्याख्या सहित गरेको मस्यौदा निर्णय समेत छन् । त्यसलाई विस्तृत रुपमा सुधार र चीनलाई आधुनिकीकरण तर्फ लग्ने योजना रहेको जनाइएको छ । थर्ड प्लेनम आउँदो विहीबार सम्म चल्ने छ । चीनले सन १९७८ देखि सुधारको कार्य अघि बढाएको हो । यसपालिको प्लेनमले यसलाई अझ गहिराईमा लग्ने अपेक्षा गरिएको जनाइएको छ । बैठकमा चीनले अहिले भोग्नुपरिरहेका चुनौतीको बारेमा पनि छलफल र विश्लेषण गरिने जनाइएको ग्लोबल टाइम्सले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij