अमेरिकाले भन्यो : हानियाको हत्यामा हाम्रो हात छैन
अमेरिकाले भन्यो : हानियाको हत्यामा हाम्रो हात छैन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हमास नेता इस्माइल हानियाको हत्यामा आफ्नो देश संलग्न नरहेको स्पष्टीकरण दिएका छन्। बुधबार एक अन्तर्वार्तामा उनले सो घटनाबारे आफूहरुलाई कुनै सूचना नभएको बताएका हुन्।
‘यसबारे हामीलाई कुनै जानकारी वा यसमा हाम्रो संलग्नता छैन,’ हानियाको हत्याको कस्तो असर पर्ला भन्ने प्रश्नमा ब्लिन्केनले भने, ‘यसबारे अनुमान गर्न कठिन छ। र, मैले कयौँ वर्षमा सिकेको कुरा के हो भने कुनै घटनाको प्रभाव के पर्छ भनेर अनुमान गर्नु हुँदैन। त्यसैले म भन्न सक्दिनँ।’
इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको शपथ समारोहमा भाग लिन तेहरान पुगेका हानियाको बुधबार सबेरै हत्या भएको थियो। हत्याका लागि हमासले इजरायललाई दोष दिएको छ। इजरायलले विभिन्न मुलुकमा लामो समयदेखि व्यक्तिहत्याको शृंखला चलाउँदै आएको छ। तर ती घटनाको जिम्मा लिने वा अस्वीकार गर्ने गर्दैन।
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले यसको बदला लिइने बताएका छन्। यसले यसै पनि अशान्त पश्चिम एसियाको माहौल अझ खराब हुने आशंका गरिएको छ।
प्रतिक्रिया