बंगलादेशको अशान्तिलाई लिएर भारतीय प्रधानमन्त्रीको उच्चस्तरीय बैठक
बंगलादेशको अशान्तिलाई लिएर भारतीय प्रधानमन्त्रीको उच्चस्तरीय बैठक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको अशान्तिलाई लिएर उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशबाट भागेपछि बंगलादेशमा राजनीतिक संकट चुलिएको बेला प्रधानमन्त्री मोदीको अध्यक्षतामा बैठक भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सिसिएस) को बैठकको अध्यक्षता गरेर उनले बंगलादेशको पछिल्लो घटना र अबको स्थिति बारे बारेमा जानकारी लिए ।
उक्त बैठकमा भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, वित्तमन्त्री निर्मला सीतारमण, क्याबिनेट सचिव राजीव गौबा, प्रधानमन्त्रीका प्रमुख सचिव पीके मिश्रा, अनुसन्धान र विश्लेषण शाखा प्रमुख रवि सिन्हा र इन्टेलिजेन्स ब्यूरोका निर्देशक तपन डेको उपस्थित रहेको हिन्दुस्थान टाइम्सको अनलाइन सस्करणले उल्लेख गरेको छ ।
प्रतिक्रिया