प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बंगलादेशमा हर्षोल्लास
प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बंगलादेशमा हर्षोल्लास
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २२ साउन। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देशको राजनीतिक नेतृत्वको दुई दशक भन्दा लामो इतिहासको अन्त्य गर्दै हप्तौंको सरकार विरोधी प्रदर्शन पछि राजीनामा दिएकी छन्। ७६ वर्षीया हसिना देश छोडेर सोमबार भारत पुगेकी छिन् । प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि बंगलादेशमा हर्षोल्लास मनाइएको छ भने जनता खुशी मनाउन सडकमा उत्रिएका छन्।
बंगलादेशी सेना प्रमुख वाकर-उज-जमानले सेनाले अन्तरिम सरकार गठनका लागि वार्ता सुरु गर्ने बताएका छन्। हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जेलमा रहेका पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका थिए।
सोमबार दिउँसो एक टेलिभिजन सम्बोधनमा वकेर-उज-जमानले अन्तरिम सरकार गठन हुने बताए। सेना प्रमुखले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको तर नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नगरेको बताए। उनले बंगलादेशीहरूलाई सेनामा विश्वास गर्न आग्रह गर्दै "सबै हत्या, सबै अन्याय" को "जाँच" गरिने बताए। -बीबीसी
प्रतिक्रिया